विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री थापाको नेतृत्वमा टोली

मंगलबार, १८ फागुन, २०७७
डिजिटल संस्करण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता टोली सदस्य रहेका छन् । 

हतियार व्यवस्थापन र मुद्दा फिर्ता लिने विषयमा वार्ताबाटै समाधान खोजिने बताइएको छ । विप्लवले छिट्टै वार्ता टोली गठन गर्ने अपेक्षा गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । 

विप्लव समूहले पनि वार्ता टोली सार्वजनिक गर्ने तयारी गरेकाे छ । खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली सार्वजनिक गर्ने बताइएको छ । 

सुझावित समाचार