प्रधानमन्त्रीलाई रामचन्द्र पौडेलको प्रश्न– आफैँले भंग गरेको संसदमा कुन मुखले जानुहुन्छ ? (भिडियोसहित)

बिहिबार, १३ फागुन, २०७७
डिजिटल संस्करण

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । देउवानिवासमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै  पौडेलले कांग्रेसले प्रस्ट रूपमा ओलीको राजीनामाका विषयमा धारणा राखेकोसमेत बताए ।

 ‘यसमा सभापतिजीले पनि भन्नुभएको छ, मैले पनि भनिसकेको छु, उहाँले नैतिकताका आधारमा सर्वोच्चको फैसलालगत्तै राजीनामा दिनुपर्ने हो,’ पौडेलले भने, ‘यसमा कानुनी आधार त छैन । तर, नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । अब राजीनामा नदिएर आफैँले भंग गरेको संसदमा के मुखले जानुहुन्छ ? त्यो उहाँको कुरा हो ।’ 

पौडेलले कांग्रेसले उपयुक्त समय आएपछि निर्णय लिने बताए ।

सुझावित समाचार