राष्ट्रपतिद्वारा प्रदेश २ प्रमुख परियार पदमुक्त, राजेश झा नियुक्त

शुक्रबार, ७ फागुन, २०७७
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेको जनाएका छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले रौतहटका राजेश झालाई प्रदेश २ प्रमुखमा नियुक्त गरेकी छिन् ।

यस्तो छ विज्ञप्ति 

सुझावित समाचार