सवारी दुर्घटनामा दुईको मृत्यु

शनिबार, १ फागुन, २०७७
डिजिटल संस्करण

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । शनिबार बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नम्बरको माइक्रोबस सडकमा रोकिरहेकाे ना६ख ४६० नम्बरको मालवाहक ट्रकमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार मृत्यु हुनेहरूमा नवलपरासी देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि चितवन पठाइएको, दुईजनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
 

सुझावित समाचार