रामकुमारीको घरमा प्रहरी पुगेपछि समर्थकले लगाए खड्ग ओली बाइबाई नारा

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको भाषणलाई आधार बनाएर उनीमाथि प्रहरीले अनुसन्धान थालेको विषयमा उनका सकर्थकहरूले आन्दोलन गरेका छन् ।

महानगरीय अपराध महाशाखाले बिहीबार  उनलाई अनुसन्धानका लागि कार्यालय बोलाएको र उनी उपस्थित नभएपछि सादा पोसाकका प्रहरी उनको घरमा पठाइएको थियो ।

अकस्मात् प्रहरी झाँक्रीको घरमा पुगेपछि उनका समर्थकहरूले पुलिस हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाई, खड्ग ओली बाइबाईलगायतका नारा लगाएका थिए । 

सुझावित समाचार