प्रधानमन्त्रीका वकिल भन्छन्– विघटनको अधिकार छ भन्दा बाहिर कुट्लान् जस्तो छ श्रीमान्
प्रधानमन्त्रीका निजी वकिल अधिवक्ता रमेश बडालले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार छ भन्दा बाहिर कुटाइ खाने अवस्था हुने बताएका छन् । संवैधानिक इजलासमा आइतबार बहस सुरु गर्नुअघि बडालले भने, ‘प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानमा छ भन्दा बाहिर कुट्लान् जस्तो छ श्रीमान् ।’ उनले संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार भएको जिकिर गरे । केही दिनअघि नक्सावाला पुस्तक प्रकाशन गर्न नदिएको भन्दै हल्ला फिँजाएको भन्दै उनले नेपालको क्षेत्रफल फरक पर्न गएकोले प्रकाशन रोक्न लगाइएको जिकिर गरे । त्यसपछि उनले बहस सुरु गरे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उनलाई आधा घन्टाको समय दिएका छन् ।
न्यायाधीश सिन्हाको जिज्ञासा– नेपालको जस्तै छोटो समयमा संसद् विघटन भएका मुलुक छन् ?
प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा विचाराधीन रिटउपर सरकारी पक्षले बहस गरिरहेको छ । आइतबार बहसका क्रममा सरकारी वकिललाई न्यायाधीश अनिलकुमार सिन्हाले छोटो अवधिमा चारपटकसम्म संसद् विघटन भएका अन्य मुलुक छन् कि भनेर प्रश्न गरेका छन् । सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई उनले सोधे, ‘छोटो अवधिमा चारपटक संसद् विघटन भएको उदाहरण कतै छन् ? जहिले पनि विघटन व्याख्या गर्दाखेरि अवस्था, पृष्ठभूमि हेरिन्छ । अरू देशको अवस्था हेर्दै गर्दा अरू देशमा पनि अब त अति भयो भनेर संविधान नै परिवर्तन गरेको छ ?’
सभामुखले सर्वोच्चमा दर्ता गरेको रिटमा कारणदेखाउ आदेश
संवैधानिक निकायमा भएका नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारणदेखाउ आदेश जारी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले गत शुक्रबार दायर गरेको रिटमा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले आइतबार विपक्षीका नाममा कारणदेखाउ आदेश जारी गरेको हो । रिटलाई अग्राधिकार दिइएको छ । रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले बहस गरेका थिए । उनीहरूले अवैधानिक रूपमा संवैधानिक निकायमा नियुक्ति गरिएको दाबी गर्दै नियुक्तहरूलाई काम गर्न रोक लगाउन माग गरेका थिए । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संवैधानिक परिषद्को कार्यालय, राष्ट्रिय सभा अध्यक्षलगायतलाई विपक्षी बनाएर सापकोटाले रिट दायर गरेका थिए ।
प्रदेश १ सभाको बैठक दुई मिनेट बसेर स्थगित, मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस भएन
प्रदेश १ सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । नेकपा ओली समूह (मुख्यमन्त्री शेरधन राई समूह)ले नियमापत्ति जनाएपछि बैठक दुई मिनेट बसेर आगामी ९ फागुनसम्मका लागि स्थगित भएको हो । दिउँसो दुई बजे बोलाइएको बैठक दिउँसो तीन बजेर ५२ मिनेटमा सुरु भएर जम्मा दुई मिनेट चलेको थियो । मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची भए पनि पेस हुन सकेन ।
केपी ओलीले मार्क्सवादलाई अवसरवादको रूपमा बुझे : माधव नेपाल (भिडियोसहित)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् । ‘असंवैधानिक संसद् विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’लाई आइतबार सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री ओली व्यक्तिगत स्वार्थमा लागेको बताए । ओलीले मार्क्सवादलाई अवसरवादको रूपमा बुझी आफ्नो स्वार्थको साधन बनाउन चाहेको नेपालको जिकर छ । नेपालले आफूहरूको संविधानप्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए ।
राज्यको नजरमा परेनन् दशगजाका दलित
निर्वाचनका वेला दुई कट्ठा जमिनसहित घर बनाइदिने आश्वासन, तर चुनाव जितेर गएपछि दलित बस्ती पुगेनन् जनप्रतिनिधि
गौरीगन्ज–४ बाह्रसुद्धीका राजाराम ऋषिदेवको छाप्रो दशगजामै छ । सुकुम्बासी राजारामको अन्त कतै एक चपरी माटो छैन । नेपाल–भारत सीमाको ‘नो म्यान्स ल्यान्ड’मा पुस्तौँ बिताएका राजारामको कतिवेला उठीवास लाग्ने हो टुंगो छैन । भएको फुसको छाप्रोको पनि मक्किसक्यो । घामपानी छेक्न छानोमा प्लास्टिक लगाएका छन् । तैपनि मध्यहिउँदको शीत उनको ओछ्यानमै झर्छ । विपन्न दलित राजाराम दैनिक मजदुरी गरेर परिवार पाल्छन् । छाप्रोलाई मर्मत गर्ने पैसासमेत छैन उनीसँग ।
भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत उपलब्ध गराउनसमेत सरकारसँग आग्रह गरेको हो ।
सवारीचालक अनुमतिपत्र बनाइदिन्छु भनी ठगी गर्ने पक्राउ
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका– १ घर भई हाल कास्कीको पोखरा महानगरपालिका– १४ चाउथेस्थित मेट्रो ड्राइभिङ स्कुल एन्ड प्रि–टेस्ट सेन्टर सञ्चालन गरी बस्ने ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो ।
माउन्ट केटुमा तीन आरोही सम्पर्कविहीन
पाकिस्तान र चीनको सीमा क्षेत्रमा अवस्थित विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहणमा गएका तीन आरोही सम्पर्कविहीन भएका छन् । आइसल्यान्ड, चिली र पाकिस्तानका तीन आरोही ३० घन्टादेखि हराइरहेको उनीहरूका म्यानेजर र अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ ।
म्यानमारमा दोस्रो दिन पनि सेनाविरुद्ध हजारौँको प्रदर्शन
म्यानमारको सेनाले गत सोमबार गरेको ‘कु’को विरोधमा आइतबार पनि हजारौँ मानिस सडकमा उत्रिएका छन् । सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा सर्वसाधारण दैनिकजसो सडक प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । यसअघि यहाँ समाजिक सञ्जाल मात्रै बन्द गरिएको थियो ।प्रदर्शनकारीले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनासर्त रिहाइको माग गरेका छन् । म्यानमारको सबैभन्दा ठूलो सहर यांगुनस्थित यांगुन विश्वविद्यालयनजिक दुई हजारभन्दा बढी श्रम संगठन र विद्यार्थी सहभागी भएर सेनाको कदमको विरोध गरेका थिए ।
नेमारले पिएसजीसँग गरे चारवर्षे सम्झौता
ब्राजिलियन स्ट्राइकर नेमार जुनियरले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग चार वर्षको सम्झौता गरेका छन् । सम्झौताअनुसार नेमारले पिएसजीबाट प्रतिसाता ६ लाख पाउन्ड पाउनेछन् । पिएसजी र नेमारबीचको सम्झौतासँग सम्बन्धित थप कागजी प्रक्रिया अगाडि बढाइएको द डेलिमेलले जनाएको छ । यो सबै प्रक्रिया यसै साता पूरा हुने आरएमसीको रिपोर्टमा उल्लेख छ । फ्रेन्च लिग वानमा जमिरहेका नेमारले चार वर्षमा नयाँ उचाइ प्राप्त गर्ने बताएका छन् । पछिल्ला केही वर्ष अधिकांश समय चोटका कारण बेन्चमै बसेका नेमारले नयाँ सिजनमा पिएसजीबाट उत्कृष्ट प्रदर्शन दिने बताएका छन् । यसअघि उनी बार्सिलोनामै पुनः आबद्ध हुने समाचार आइरहेका थिए ।
तान्जानिया : जहाँ सरकारले नै कोभिड–१९ विरुद्धको भ्याक्सिनभन्दा जडीबुटी प्रयोगमा जोड दिइरहेको छ
कोरोना भाइरसविरुद्ध लड्न विश्वका धेरै राष्ट्रले भ्याक्सिन लगाइरहेका छन् । कतिपय राष्ट्रमा भ्याक्सिनको दोस्रो डोजसमेत पूरा भइसकेको छ भने केही देशमा भ्याक्सिनको पहिलो डोज लगाउने तयारी जारी छ । तर, दक्षिण अफ्रिकी मुलुक तान्जानियाको कथा भने अलि फरक छ । रिपोर्टअनुसार दक्षिण अफ्रिका कोभिड– १९ बाट निकै नै प्रभावित भएको क्षेत्रमध्ये पर्छ । तर, तान्जानियाली सरकारले आफ्ना नागरिकलाई भ्याक्सिन लगाउनु नपर्ने सल्लाह दिँदै आएको छ । आत्मबल र घरेलु जडीबुटी नै यो संक्रमणको औषधि भएको सरकारको भनाइ छ । सरकारले तत्काल भ्याक्सिन वितरण गर्ने कुनै योजना पनि नरहेको स्पष्ट पारेको छ ।