प्रचण्ड-नेपाल समूहका मोरङ सहसंयोजकसहित विराटनगरमा ६ जना पक्राउ

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आमहडतालको समर्थनमा उत्रिएका मोरङ सहसंयोजक पारुल क्षेत्रीसहित ६ जना कार्यकर्तालाई प्रहरी विराटनगरमा पक्राउ गरेको छ । 

प्रदर्शनमा सहभागी उनीहरूलाई प्रहरीले विराटनगरको तिनपैनी चोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूलाई कुटपिट गर्दै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको नेकपा संयोजक गणेश उप्रेतीले बताए । 

प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहडतालले विराटनगरको जनजीवन पूर्ण प्रभावित बनेको छ । शैक्षिक संस्था, कारखाना, बजार सबै बन्द छन् ।

बन्दले गर्दा लामो र छोटो दूरीका कुनै सवारीसाधन चलेका छैनन्  । नगरको भित्री खण्डमा भने फाट्टफुट्ट सवारीसाधन चलेका छन् । जिल्लामा कतै हिंसात्मक घटना नभएको मोरङ प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार