सडकमा टायर बालेर बुटवलमा प्रदर्शन

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालको प्रभाव बुटवलमा पनि परेको छ । यहाँको मुख्य सडकमा प्रदर्शनकारीले टायर बालेका छन् । त्यस्तै, ठूला सवारीसाधन सडकमा तेर्स्याएर यातायात अवरुद्ध गरेका छन् ।

बन्दकर्ताहरूले सडक अवरुद्ध गरेपछि छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन अवरुद्ध हुँदा यातायात क्षेत्र प्रभावित भएको छ ।

संवैधानिक निकायमा गरेको पछिल्लो नियुक्ति तथा शपथका विरुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले आह्वान गरेको आमहडतालको प्रभाव बुटवलसहित लुम्बिनी प्रदेशमा परेको छ ।

सुझावित समाचार