ट्याक्सी आगजानी गर्ने समूहको खोजीकार्य जारी
सामाखुसीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौं महानगरपालिका– २६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६:३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले दिएको जानकारीअनुसार बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सीमा आगजानी गरेका हुन् ।
ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । सरकारले बुधबार संसदीय सुनुवाइविनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबारै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले यसको विरोध गर्दै आजलाई आमहडतालको घोषणा गरेको छ।