विप्लव नेकपासँग वार्ता गर्ने कोसिस गर्दै सरकार, जेलमै पुगेर भेटे मन्त्रीले विप्लवका नेता

मंगलबार, २० माघ, २०७७
डिजिटल संस्करण

सरकारले विप्लव नेकपासँग वार्ताको प्रयास थालेको छ । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेटेका छन् । मन्त्री थापा मंगलबार बिहान नख्खु पुगेका थिए ।

काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा छन् । संसद् विघटनपछि प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादीको समर्थन जुटाउने कोसिस गरेका छन् । यही प्रयासमा पूर्वमाओवादी पृष्ठभूमिका नेता थापाले सुदर्शन भेटेका हुन् ।

सुझावित समाचार