नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

आइतबार, १८ माघ, २०७७
डिजिटल संस्करण
नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने भएको छ ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रूपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो । 
    
बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बस्ने तय गरिएको छ । 

नेकपाको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक गत ७ देखि ९ पुससम्म बसेको थियो ।

सुझावित समाचार