मनाङमा लागेको आगो पाँच दिनसम्म नियन्त्रणमा आउन सकेन

शनिबार, १७ माघ, २०७७
डिजिटल संस्करण
मनाङमा लागेको आगो पाँच दिनसम्म नियन्त्रणमा आउन सकेन

तस्बिर : शान्ता कमली / मनाङ

मनाङको नासो गाउँपालिका– ६ तिल्चेको रुकुघासे भिरमा मंगलबार रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन स्थानीय र सुरक्षाकर्मी लागिपरे पनि भौगोलिक विकटताका कारण आगो नियन्त्रणमा लिन कठिन भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

आगोलाई मानवबस्तीबाट नियन्त्रणमा लिइएको प्रजिअ लामिछानेको भनाइ छ । उनले भने, ‘सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले अग्निरेखा तयार पारेर बस्ती जाेगिएकाे छ ।’

थोचे, तिल्चे र ताचैको वनमा आगो दन्कन थालेपछि आफूहरू त्रसित भएको तिल्चेकी स्थानीय श्रीमाया घलेले बताइन् । मंसिर ११ गतेदेखि लागेको आगो नियन्त्रणमा आए पनि फेरि आगो लागेपछि स्थानीय जंगल जलेर सकिने हो कि भन्ने चिन्तामा छन् ।

तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको छ। आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जंगल सखाप पारेको छ । आगलागी के–कति कारणले भयो भन्ने यकिन हुन सकेको छैन ।

See More On

सुझावित समाचार