नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य मनीषलाल प्रधानको सभापतित्वमा गठित निर्यात पर्वद्धन समितिले पूर्णता पाएको छ । समितिको सहसभापतिमा कार्यकारिणी सदस्य नरेशलाल श्रेष्ठ र महासंघको बागमती प्रदेशका उपाध्यक्ष सबिन श्रेष्ठ चुनिएका छन् ।
महासंघ सचिवालयका अनुसार समितिका सदस्यहरूमा नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका सचिव हेमन्तराज बोहरा, नेपाल पस्मिना उद्योग संघका महासचिव अजयसिंह कार्की, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सनम शाक्य, नेपाल अलैँची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की, नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात संघका अध्यक्ष अमृत खड्का, नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका उपाध्यक्ष समीरविक्रम शाह चुनिएका छन् ।
विशेष आमन्त्रित सदस्यहरूमा बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, ललितपुर उद्योग वाणिज्य संघका सदस्य सबिनलाल प्रधान, नारायणगोपाल श्रेष्ठ, गलैँचा व्यवसायी दावा शेर्पा, वीरगन्ज उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य सुशान्त चचान, नेपाल तयारी पोसाक उद्योग संघका महासचिव अशोक अग्रवाल, महिला उद्यमी महासंघ नेपालकी रुकमणिदेवी श्रेष्ठ, नेपाल रत्न तथा आभूषण संघका उपाध्यक्ष सुमन ताम्राकार रहेका छन् ।
महासंघका पूर्वकार्यकारिणी सदस्य राजन शर्मा, उदय चापागाईं , नेपाल हब्स एन्ड हर्बल संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे समितिको सल्लाहकारमा चुनिएको सचिवालयले जनाएको छ ।