गायक ध्रुव केसीको निधन

‘मायालु हजार हुन्छन्’, ‘बगी जाने खोला’, ‘सबले भन्छन्’, ‘तिम्रो माया कागजको’, ‘अरू कालो रेलको धुवाँ’ले जस्ता कालजयी गीतका गायक हुन् केसी

शुक्रबार, ९ माघ, २०७७
डिजिटल संस्करण

 ‘मायालु हजार हुन्छन्’, ‘बगी जाने खोला’, ‘सबले भन्छन्’, ‘तिम्रो माया कागजको’, ‘अरू कालो रेलको धुवाँ’ले जस्ता कालजयी गीतका गायक ध्रुव केसीको निधन भएको छ । उपचारका क्रममा बिहीबार दिउँसो अर्किड केयर सेन्टर भैँसेपाटीमा उनको निधन भएको हो । 

७६ वर्षीय केसी पार्किन्सन रोगबाट पीडित थिए । लेखक प्रकाश सायमीका अनुसार केसीले हरिप्रसाद रिमाल, भुवन केसी, उर्मिलाकुमारी श्रेष्ठ, कमला श्रेष्ठ, तारादेवीलगायतसँग युगल गीत गाएका थिए । केसी लामो समयसम्म मुम्बईमा बसेका थिए ।

सायमीले भने, ‘उहाँले केही हिन्दी विज्ञापनसमेत खेल्नुभएको थियो ।’ ध्रुव केसीले अभिनेता भुवन केसीसँग ‘अरु कालो रेलको धुवाँले’ बोलको गीत गाएका थिए । केसीको निधनपछि अभिनेता भुवन केसीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिँदै लेखेका छन्, ‘उहाँको पार्थिव शरीर हामीमाझ नरहे पनि संगीतप्रेमी र प्रत्येक नेपालीको मनमा अनन्तसम्म रहनुहुनेछ ।’

सुझावित समाचार