एम्बुलेन्स र अटो रिक्सा आपसमा ठोक्किँदा दुईको निधन

सोमबार, ५ माघ, २०७७
डिजिटल संस्करण

झापाको दमकमा सोमबार बिहान एम्बुलेन्स र अटो रिक्सा आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे.१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

बिहान करिब ९ः४५ बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । 
 

सुझावित समाचार