क्रियाशील दलित पत्रकार संघ, नेपाल (एड्जोन) को अध्यक्षमा पवित्रा सुनार चयन भएकी छिन् । संघको पहिलो साधारण सभा तथा अधिवेशनले सुनारको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नागरिक दैनिकमा कार्यरत पत्रकार सुनार दोस्रो कार्यकालका लागि संघको अध्यक्ष भएकी हुन् । संघको उपाध्यक्षमा केशव भुल (नेपाल प्रेस) र केशर विश्वकर्मा (दर्पण दैनिक) चयन भएका निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माले बताए । महासचिवमा विश्वास खड्काथोकी (अनलाइन खबर) निर्वाचित भएका छन् । अन्य पदमा सर्वसम्मत भए पनि महासचिवमा भने खड्काथोकी र विष्णु विश्वकर्माबीच चुनाव भएको थियो ।
यस्तै, सचिवमा रमेश टमट्टा (रेडियो नेपाल), सन्देश परियार, प्रदेश सचिवतर्फ धर्मसिंह विक र कोषाध्यक्षमा सिर्जना बराल (हिमालय टिभी) चयन भएका छन् । सदस्यमा प्रकाश धौलाकोटी (नयाँ पत्रिका), मिलन विश्वकर्मा (अभियान दैनिक), मञ्जु टेलर (नयाँ पत्रिका), मदन विक, विष्णु परियार (नेपाल समाचारपत्र), सरिशा आछामी (काठमाडौं प्रेस), विक्रम सुनार (अर्थतन्त्र डटकम), रुपा सुनार (इमेज टिभी), मदन विश्वकर्मा र जसिन्द्र श्रीपाली चयन भएका छन् ।
संस्थाले साधारण सभाका अवसरमा वरिष्ठ पत्रकार कसमस विश्वकर्मा, प्रकाशचन्द्र परियार, बाबुराम विश्वकर्मा र गोविन्द परियारलाई सम्मान गरेको छ । प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले खादा ओढाएर कदरपत्रसहित सम्मान गरेका थिए ।
कार्यक्रममा कोरोनाकालमा दलित समुदायमा परेको प्रभावका विषयमा समता फाउन्डेसनले अध्ययन गरी तयार गरेको पुस्तक विमोचन भएको छ । सञ्चारमन्त्री गुरुङले पुस्तक विमोचन गरेका छन् ।