बजाज डोमिनार २५० नेपाली बजारमा

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ बजाज डोमिनार २५० बजारमा ल्याएको छ । कम्पनीले पहिलेको स्पोर्टस् मोटरसाइकल, बजाज डोमिनार ४ सयमा रहेका थुप्रै विशेषताहरू समावेश गरेर क्यान्योन रेड र चार्कोल ब्ल्याक रङमा यो मोटरसाइकल ल्याएको हो । 

यसको रोबस्ट क्लेमलाई सपोर्ट गर्नका लागि बजाज डोमिनार २५० मा २४८.७७ सिसी एफआई इन्जिनको पावर दिइएको कम्पनीको दाबी छ । यसले २७ पिएस र २३.५ एनएमको डिक टर्क जेनेरेट गर्ने जनाइएको छ । यसमा एकल–सिलिन्डर, लिक्युड–कुल्ड, ट्युनस्पार्क, ४–स्ट्रोक, ४–भ्याल्भ र डिओएचसी रहेको छ । यसको गति १ सय ३२ किमि प्रतिघन्टासम्मको रहेको र १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघन्टाको स्पिडमा कुद्न सक्ने कम्पनीको दाबी छ । 

यसमा चालकको सुरक्षाका लागि लामो दूरीको यात्राको दौरान गेयरलाई सुरक्षित राख्ने काम सिटको मुनि बन्जी स्ट्राप्सले गर्ने जनाइएको छ । यस बाइकमा सस्पेन्सन ड्युटीका लागि टेलिस्कोपिक ३७ एमएम युएसडी फ्रन्ट फोर्कका साथ १ सय ३५ एमएम ट्राभल र पछाडिको १ सय १० एमएम ह्विल स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनो–सक रहेको कम्पनीले जनाएको छ । यसको मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

See More On

सुझावित समाचार