प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा चुनाव हुने विषयलाई अस्थिरताको प्रतिबिम्बका रूपमा नलिन आग्रह गरेका छन् ।
राष्ट्रिय सभामा सम्बोधन गर्दै उनले संविधान सही ढंगबाट कार्यान्वयन नहुने अवस्था मात्र अस्थिरताको अवस्था हुने, तर संवैधानिक बाटोबाट अघि बढ्दाखेरि त्यसलाई अस्थिरता भन्न नमिल्ने बताए ।
उनले भने, ‘अस्थिरता त्यतिवेला हुन्छ जतिवेला बाह्यशक्तिको इसारामा बाह्य शक्तिको स्वार्थमा जब देशका शक्तिहरू गोटी बन्न थाल्छन् र राष्ट्रिय राजनीतिलाई अस्थिरतातर्फ धकेल्न थाल्छन् ।’
उनले थपे, ‘विकास निर्माणका काममा व्यवधान पुऱ्याउन थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने, अप्ठ्यारोमा पार्ने स्थितिमा जान थाल्छन् ।’