प्रधानमन्त्री ओलीको गृहनगरमा बयलगाडा कुदाएर विरोध प्रदर्शन

शनिबार, २५ पुष, २०७७
डिजिटल संस्करण
प्रधानमन्त्री ओलीको गृहनगरमा बयलगाडा कुदाएर विरोध प्रदर्शन

बयलगाडासहित प्रधानमन्त्रीको गृहनगरमा प्रदर्शन गर्दै कांग्रेस । तस्बिर : नयाँ पत्रिका

प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा प्रधानमन्त्रीविरुद्ध बयलगाडा कुदाइएको छ । कांग्रेसले आयोजना गरेको विरोधसभामा ओलीको विरोध गर्दै बयलगाडा कुदाइएको हो । 

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै कांग्रेसले बयलगाडासहित विरोध प्रदर्शन गरेको हो । बयलगाडा दमकको मुख्य बजार क्षेत्र घुमाइएको कांग्रेसले जनाएको छ । 

गणतन्त्र स्थापनामा ओलीको कुनै योगदान नरहेको भन्दै प्रदर्शन गरिएको ओलीसँग कांग्रेसबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका खगेन्द्रपाण्डव अधिकारीले बताए । ‘केपी ओलीले गणतन्त्र स्थापना गर्नु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो भन्थे’, उनी भन्छन्, ‘उनकै क्षेत्रमा सांकेतिक रूपमा बयलगाडा कुदाएका हौँ । उनी यो उपलब्धिको कारक हैनन् भन्नलाई यो गरेका हौँ ।’
 

सुझावित समाचार