कांग्रेसको केन्द्रीय समिति बैठक सऱ्यो

शुक्रबार, २४ पुष, २०७७
डिजिटल संस्करण
कांग्रेसको केन्द्रीय समिति बैठक सऱ्यो

फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक माघ ६ गते बस्ने गरी सरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदेश र स्थानीय तहस्तरीय विरोध कार्यक्रम पूरा गरेपछि मात्रै बस्ने गरी केन्द्रीय समितिको बैठक सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

यसअघि १९ पुसमा बसेको बैठक २७ पुसका लागि स्थगित भएको थियो । तर, कांग्रेसले शनिबार राखेको विरोध कार्यक्रमका लागि नेताहरू जिल्लातर्फ जाने भएपछि स्थानीय तहको समेत विरोध कार्यक्रम पूरा भएपछि मात्रै बैठक बस्ने भएको हो । 
 

सुझावित समाचार