खैरो हेरोइनसहित दुई पक्राउ

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

लागुऔषध खैरोे हेरोइनसहित दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ हिलेका २७ वर्षीय पेम्वा शेर्पा र छथरजोरपाटी गाँउपालिका–२ जोरपाटीका २२ वर्षीय फुर्वा शेर्पा छन् ।

जोरपाटीस्थित कोसी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा को११प ७७३१ नम्बरको मोटरसाइकलमा आएका उनीहरूको साथबाट खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द अधिकारीले बताए । 

हिलेबाट सिधुवातर्फ जाँदै गरेका उनीहरुको साथबाट ११ वटा प्याक बनाइएको खैरो हेरोइन बरामद भएको उनले जानकारी दिए । 

उनीहरूले अन्य व्यक्तिलाई बिक्रीका लागि खैरो हेरोइन ओसारपसार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । 

उनीहरूले ससाना प्याकेटमा प्याक गरेर बोकेको अवस्थामा खैरो हेरोइन फेला परेको थियो । 

खैरो हेरोइनको प्याकेट हेर्दा उनीहरूले अन्य व्यक्तिहरूलाई बिक्री गर्न ल्याएको जस्तो देखिएको एसपी अधिकारीले बताए । 
पक्राउ परेका दुवैजनाविरुद्ध प्रहरीले जिल्ला अदालत धनकुटामा लागुऔषधसम्बन्धी मुद्दा दायर गरेको छ । 

अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सुझावित समाचार