प्रचण्ड र नेपाललाई विष्णु पौडेलले भने–आत्मालोचित भएर पार्टीमा फर्कनुहोस्

आइतबार, १९ पुष, २०७७
डिजिटल संस्करण

नेकपा महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललाई आत्मालोचित भएर फर्कन आग्रह गरेका छन् । नेकपा केपी ओलीपक्षीय कार्यकर्ताहरूको रुपन्देही जिल्लास्तरीय भेलालाई आइतबार बुटवलमा सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा पुनस्र्थापना नहुने भन्दै आन्दोलन छाडेर पार्टीमै फर्कन आग्रह गरेका हुन् । तर, अध्यक्ष केपी ओलीमाथि लगाइएको आरोप फिर्ता लिनुपर्ने उनको सर्त छ । 

उनले ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री चौतर्फी घेराबन्दीमा परेपछि बाध्य भएर प्रतिनिधिसभा विघटनको कदम चालेको दाबी गरे । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको विषयमा धेरै नबोल्नेसमेत उनले बताए । अदालतको फैसला आफूहरूलाई स्वीकार्य भएको उनको भनाइ छ । 

पौडेलले दोस्रो नम्बरको अध्यक्ष हुन नेकपा विभाजनको भूल गरेको भन्दै नेपालको आलोचना गरे । 

भेलामा नेकपा स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्डले आत्मसमीक्षा नगर्ने र सिस्टममा पार्टी पनि नचलाउने गरेकोे आरोप लगाए । 

नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीमा संकट निम्तिनुको मूल कारण प्रचण्डको आरोपपत्र रहेको जिकिर गरे । 

सुझावित समाचार