जसपाले बोलायो कार्यकारिणी बैठक

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण

संसद् विघटनलगायत पछिल्ला घटनाक्रमहरूबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी बैठक बोलाएको छ । 

बैठक १ बजे बस्ने भएको छ । बैठकमा संसद् विघटनपश्चातको विकसित घटनाक्रमको समीक्षा हुने बताइएको छ।

जसपा कार्यकारीणी सदस्य मनीष सुमन भन्छन्, ‘पछिल्ला घटनाक्रममाथि छलफल गर्न दिउँसो १ बजे आकस्मिक बैठक बोलाइएको हो ।’

प्रधानमन्त्रीले आइतबार संसद् विघटन गरेपछि त्यसलाई लिएर पार्टीको आगामी योजनाबारे छलफल हुनेछ।

सुझावित समाचार