संसद् विघटनको विरोध गर्दै केपी ओली मन्त्रिमण्डलका सातजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत उनीहरूले सामूहिक राजीनामाको घोषणा गरेका हुन्।
ऊर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगर, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामूहिक राजीनामा दिएका हुन् ।
पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्यमन्त्री लेखराज भट्टले भने ओलीलाई समर्थन गरेका छन् ।