प्रधानमन्त्री एवं आफ्नै पार्टीका अध्यक्ष केपी ओलीले संसद् विघटन गर्ने निर्णय गरेपछि नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ओलीलाई भेट्न प्रधानमन्त्रीनिवास पुगेका छन् ।
उनी भर्खर मात्र आफ्नो निवास खुमलटारबाट बालुवाटार पुगेका हुन् ।
बालुवाटार जानुअघि उनले आफूसहित पाँचजना सचिवालय सदस्यहरूसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका थिए ।
स्रोतका अनुसार दाहालले प्रधानमन्त्री ओलीसँग संसद् विघटन गर्ने निर्णयबाट पछि हट्न आग्रह गर्ने बुझिएको छ ।