प्रकृति संरक्षण कोषको सदस्यसचिवमा अधिकारी

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिवमा शरदचन्द्र अधिकारी नियुक्त भएका छन् । कोषका अध्यक्ष एवं वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अधिकारीलाई सदस्यसचिव नियुक्त गरेका हुन् । 

कोष ऐनअनुसार शुक्रबारदेखि लागू हुने गरी पाँच वर्षका लागि उनलाई सदस्यसचिव नियुक्त गरिएको हो । पद बहाली गर्दै नवनियुक्त सदस्यसचिव अधिकारीले संरक्षणको क्षेत्रमा सरकारले लिएका नीतिलाई सशक्त र प्रभावकारी ढंगले कार्यान्वयन गर्नु नै आफ्नो कार्यकालको मुख्य ध्येय हुने बताए । उनलाई कोषमा कार्यकारी अधिकृत डा. सिद्धार्थ बज्राचार्य, निर्देशक सरिता ज्ञवालीलगायत कर्मचारीले स्वागत गरेका थिए । 

संखुवासभा चैनपुर नगरपालिका–३ का अधिकारी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जनसम्पर्क तथा सञ्चारविज्ञका रूपमा कार्यरत थिए । उनले कोषको सूचना तथा जनसम्पर्क अधिकृतका रूपमा समेत काम गरिसकेका छन् । साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रसँग सम्बद्ध उनले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।

सुझावित समाचार