प्रहरीले रौतहटमा एकजनालाई हतियारसहित पक्राउ गरेको छ ।
गस्ती टोलीले हतियारसहित यमुनामाई गाउँपालिका– ४ का २५ वर्षका दिलीप साहले कम्मरमा भिरेर हिँडेको अवस्थामा कटुवा पेस्तोलसहित उनलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरीले बिहीबार साँझ चन्द्रनिगाहपुर गौर सडकको बमनहरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा राखेर थप अनुसन्धान भइरहेको शाहको भनाइ रहेको छ ।