पिसिआरमा कालोबजारी गर्ने सिएमसी र क्यान्सर अस्पताल कारबाहीमा

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

पिसिआर परीक्षणमा कालोबजारी गर्ने चितवनका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालय चितवनले कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार पिसिआरमा कालोबजारी गर्ने चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई धरौटीसमेत तोकिएको छ । 

प्रशासनले धरौटीबापत चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) लाई १८ लाख र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आठ लाख तोकेको छ । 
पिसिआर परीक्षण शुल्क घटाउने सरकारको निर्णय अटेरी गरी यी अस्पतालले नागरिकबाट धेरै पैसा असुल्ने गरेको गुनासो आउने गरेको थियो । प्रशासनले मलमा कालोबजारी गर्ने सहकारीलाई समेत कारबाही गरेको छ । 

सुझावित समाचार