संवैधानिक परिषद्को बैठक सकियो, ठोस निर्णय भएन

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

संवैधानिक परिषद्को बैठक सकिएको छ । हठात् अध्यादेश ल्याएर परिवर्तित व्यवस्थाबमोजिम परिषद्को बैठक बसाएका प्रधानमन्त्री केपी ओलीले मंगलबारको बैठकमा कुनै ठोस निर्णय भने लिएनन् ।

बैठकमा संवैधानिक परिषद्का कामका विषयमाथि छलफल भएको, तर ठोस निर्णय नभएको राष्ट्रिय सभा अध्यक्षका स्वकीय सचिव उदय तिमल्सिनाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री ओलीसहित परिषद्का सदस्यहरू राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहभागी थिए । 

मंगलबार बिहान दोस्राेपटक बोलाइएको परिषद्को बैठकमा समेत गणपूरक संख्या नपुगेपछि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएर ऐन नै परिवर्तन गरी बैठक बसाएका हुन् । परिषद्को सदस्यमा बहाल रहेका प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा भने बैठकमा सहभागी भएनन् ।

सुझावित समाचार