अध्यादेशपछि प्रचण्डसहित नेकपा सचिवालयका पाँच नेता छलफलमा

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्कालै जारी गरेपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेता छलफलमा जुटेका छन् । 

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलका लागि प्रचण्डनिवास खुमलटार पुगेका हुन् । 

अध्यादेशबारे साझा धारणा तय गरिने छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

सुझावित समाचार