अरूलाई गुलियो बाँड्ने उखु किसान आफू अमिलो मन बनाएर श्रमको मूल्य माग्दै (फोटोफिचर)
आफूले उत्पादन गरी बेचेका उखुको मूल्य नपाएको र उक्त रकम दिलाइदिन राजधानी काठमाडौंमा आएका उखु किसान आज दोस्रो दिन पनि सडकमा धर्नामा बसेका छन् । काठमाडौंको माइतीघरमा उनीहरूले हिजो आइतबारदेखि धर्ना थालेका हुन् । आज दोस्रो दिन सोमबार पनि किसानहरू विभिन्न प्लेकार्ड लिएर उखुको मूल्य दिलाइदिने माग गर्दै धर्नामा बसेका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानका माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन माग गरेका छन् । नेता पौडेलले उखु मिल सञ्चालक र सरकारको मिलिभगत र लापरबाहीको सिकार बनेका किसानको आन्दोलनमा पूर्ण सहानुभूति र ऐक्यबद्धता जनाउँदै उनीहरूको माग सम्बोधन गर्न माग गरेका छन् ।
उखु किसानले आफूले बेचेको उखुको मूल्य पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेका वेबेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले किसानको माग तत्काल सम्बोधन गर्नुपर्ने जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले किसानले आफ्नो उत्पादन बढाउन केन्द्रित हुनुपर्ने वेला प्रदर्शनमा उत्रन बाध्य हुनुपर्ने काम राम्रो नभएको बताएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माइतीघर मण्डलामा आन्दोलन गर्ने किसान नभई बिचौलिया भएको चिनी उद्योगीले बताएको भन्दै यथार्थ बुझ्नुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा भएको छलफलमा उद्योगीहरूले माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरू उखु किसान नभएको बताएको भट्टले जानकारी दिए ।
चैतदेखि असोजसम्म यौनजन्य हिंसाका सबैभन्दा बढी पीडित दलित महिला र बालिका
यौनजन्य हिंसाका घटना न्यूनीकरण गर्न कानुन छ । र, त्यसको प्रभावकारी कार्यान्वयन गर्न सरकारी संयन्त्र जुटेको पनि छ । तर, कोरोना प्रसार रोक्न जारी लकडाउनयता महिला हिंसाको दर झनै बढेको छ । दलित महिला संघ (फेडो)ले हालै सार्वजनिक गरेको प्रतिवेदन भन्छ– बलात्कार र यौनजन्य हिंसाका घटनामा पीडितमध्ये दलित महिला मात्रै ३५ दशमलव ५७ प्रतिशत छन् ।
तामझामसहित सिराहा अस्पतालमा पिसिआर प्रयोगशालाकाे उद्घाटन
तामझामसहित जिल्ला अस्पताल सिराहामा पिसिआर प्रयोगशालाको उद्घाटन गरिएको छ । पिसिआर मेसिनको जडान गरिएको प्रयोगशालाको उद्घाटन प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरेका छन् । कोरोना भाइरसको परीक्षण गर्न उद्देश्यले सिराहा अस्पतालमा सामाजिक विकास मन्त्रालयले एक सेट पिसिआर मेसिन पठाएपछि प्रयोगशाला स्थापना गरिएको छ ।
कोइराला परिवारबाट सल्लाह गरेर एकजना सभापतिको उम्मेदवार हुन्छौँ : शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिका रूपमा सल्लाह गरेर कोइराला परिवारबाट नै उम्मेदवार हुने बताएका छन् । कांग्रेसले आज सोमबार देशव्यापी रूपमा गरेको कार्यक्रममा भाग लिन विराटनगर पुगेका कोइरालाले सोमबार बिहान पत्रकारहरूसँग कुरा गर्दै कोइराला परिवारबाट भावी कांग्रेसको सभापतिका लागि सल्लाहमा एकजना उम्मेदवार बन्ने बताएका हुन् । उनले आफू, डा. शेखर कोइराला र सुजाता कोइरालाका बीचममा सल्लाहबाट एकजना सभापतिको उम्मेदवार बन्ने बताएका हुन् ।
चीनका पाइलट र एयर होस्टेसहरूले उडान अवधिभर डाइपर लगाउनुपर्ने
कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण एक वर्षयता उडान क्षेत्र निकै प्रभावित बनेको छ । यद्यपि, हवाई सेवा प्रदायक कम्पनीहरूले आफ्ना ग्राहकलाई भाइरस संक्रमणबाट जोगाउँदै सुरक्षित उडान गराउन प्रयास गरिरहेका छन् । यसै उद्देश्यका लागि वायुसेवा कम्पनीहरूले विभिन्न प्रकारका नियम ल्याएका छन् । त्यसमध्ये चीनको उड्डयन प्राधिकरणले आफूअन्तर्गतका एयरलाइन्स कम्पनीहरूका लागि जारी गरेको नियम केही फरक र अनौठो देखिएको छ । उसको नियममा पाइलटदेखि एयर होस्टेससम्मले उडान अवधिभर डाइपर लगाउनुपर्नेछ । यसबाट आफ्ना कर्मचारीले ट्वाइलेटको प्रयोग गर्न नपर्ने र त्यसबाट भाइरस संक्रमणको जोखिम पनि कम हुने जनाएको छ ।
कोभिडको उपचारमा अर्थाइटिसको औषधि पनि प्रभावकारी : अध्ययन
कोभिडका बिरामीको उपचारमा रेम्डेसिभिर औषधिजस्तै अर्थाइटिस (जोर्नी सुन्निने, दुख्ने)को उपचारमा प्रयोग गरिने ‘ब्यारिसिटनिब’ नामक औषधि पनि प्रभावकारी हुने अध्ययनले देखाएको छ । विशेषगरी संक्रमणका कारण जटिल स्वास्थ्य अवस्था भएका व्यक्तिलाई यो औषधिको प्रयोगले केही दिन चाँडै नै संक्रमणमुक्त पारेको अध्ययनले देखाएको छ । कोभिड नियन्त्रणका लागि फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) र विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आपतकालीन अवस्थाका लागि रेम्डेसिभिर प्रयोगमा ल्याउन अनुमति दिएको थियो । औषधिको प्रभावकारिता निकै कम देखिएपछि केही साताअघि विश्व स्वास्थ्य संगठनले रेम्डेसिभिर प्रयोग नगर्न निर्देशन जारी गरेको थियो । योसँगै औषधिको प्रभावकारिताबारे आवश्यक तथ्यांक नभएकाले प्रयोगमा ल्याउन कठिनाइ भएको विज्ञहरूले बताएका थिए । तर, तीन साताको क्लिनिकल ट्रायलपछि रेम्डेसिभिरसँगै ‘ब्यारिसिटनिब’को प्रयोग प्रभावकारी हुने एफडिएले जनाएको छ ।
भ्रष्टाचारको आरोप खेपेका कम्युनिस्ट नेताहरूमाथि किन मुद्दा लाग्दैन ? : रामचन्द्र पौडेल (भिडियोसहित)
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारको आरोप खेपेका कम्युनिस्ट नेताहरूमाथि मुद्दा नलागेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । कांग्रेसले देशैभर आयोजना गरेको विरोध प्रदर्शनअन्तर्गत काठमाडौंको शान्ति बाटिकामा आयोजित कार्यक्रममा कम्युनिस्टले सर्वसत्तावाद लागू गरेका कारण यस्तो भएको बताएका हुन् । उनले कम्युनिस्ट सरकारले पक्षपात गरेर कांग्रेसमाथि बर्बर दमनमा उत्रेको बताए ।
सडकबाट देउवाको आरोप : ओलीकै कारण राजावादी सल्बलाए (भिडियोसहित)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारविरुद्ध प्रमुख प्रतिपक्ष कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित प्रदर्शनपछिको सभालाई केन्द्रीय सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका छन् । विरोध ऱ्यालीपछि हेटौँडाको बुद्धचोकमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले एकदलीय सर्वसत्तावादी कम्युनिस्ट सरकारको विरुद्ध कांग्रेस सडकमा उत्रिएको दाबी गरे ।
अमेरिकामा भ्याक्सिनेसन सुरु, ह्वाइटहाउसका कर्मचारीले अन्तिममा मात्र भ्याक्सिन पाउने
अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन ह्वाइटहाउसका कर्मचारीलाई लगाउँदै आजदेखि सुरु गर्ने भनिए पनि अन्तिम समयमा आएर पूर्ववत् निर्णय परिवर्तन भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ववत् आफ्नै निर्णय परिवर्तन गर्दै ह्वाइटहाउसका कर्मचारीले अब अन्तिममा मात्र भ्याक्सिन पाउने बताएका छन् । ‘अति आवश्यक परे मात्र राष्ट्रपति कार्यालयका कर्मचारीले भ्याक्सिन पाउनेछन्, पहिलो प्राथमिकता भनेको जनता हुन्,’ राष्ट्रपति ट्रम्पले भनेका छन् । ट्रम्प प्रशासनले गत आइतबार भ्याक्सिनसम्बन्धी जानकारी दिँदा ह्वाइटहाउसका कर्मचारी नै पहिलो प्राथमिकतामा रहने जनाएको थियो । तर, आज मात्रै ट्रम्पले ट्विटरमा ह्वाइटहाउसका कर्मचारीले पछि मात्र खोप पाउने जानकारी दिएका छन् । ‘यदि कसैलाई जरुरी नभएको अवस्थामा कर्मचारीले पछि मात्र खोप पाउनेछन्,’ राष्ट्रपति ट्रम्पको ट्विटरमा लेखिएको छ । अमेरिकी वैज्ञानिकहरूका अनुसार फाइजर भ्याक्सिनले ९५ प्रतिशतसम्म काम गर्नेछ । अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसन (एफडिए)ले फाइजर÷बायोन्टेक कम्पनीको भ्याक्सिनको क्षमता अन्य भ्याक्सिनको तुलनामा सुरक्षित भएको जनाएको छ ।
ललितानिवास जग्गा प्रकरण : थप तीनजना अदालतमा उपस्थित
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका एक सय ७५ जनामध्ये सोमबारसम्म विशेष अदालतमा एक सयजना उपस्थित भएका छन् । सोमबार तीनजना उपस्थित भएसँगै हाजिर हुनेको संख्या सय पुगेको हो । सोमबार फणीन्द्रप्रसाद दाहाल, प्रेमबहादुर खापुङ र भवानी जोशी उपस्थित भएका थिए । जसमध्ये दाहाल र खापुङलाई जनही ५०–५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ भने जोशीलाई खोजेको बखत उपस्थित हुने गरी छाडिएको विशेषका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले बताए ।