मोटरसाइकल चोरीको आरोपमा चार पक्राउ

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

मोटरसाइकल चोरीको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । 

चोरी गरिएको मोटरसाइकल पनि उनीहरूको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ । 

काठमाडौंको नैकापबाट हराएको बा.९४प ४४६९ नम्बरको मोटरसाइकलसहित ती चारजनालाई नयाँबसपार्क क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीहरूले चोरी गरेको पल्सर मोटरसाइकलको नम्बर प्लेट फेरेर चलाउने गरेको प्रहरीको भनाइ छ । 

पक्राउ पर्नेमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका– ६ का प्रकाश तामाङ, सिन्धुलीकै तीनपाटन गाउँपालिका– ५ का अम्मर तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ८ का सुरेश तामाङ रहेका छन् । 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी अर्काे मोटरसाइकल चोरीकै आरोपमा ओखलढुंगा चम्पादेवी गाउँपालिका– ६ का भोला थापालाई सवारीसाधनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुझावित समाचार