सरोज हुसेनको ‘मनले खोज्छ’ गीत सार्वजनिक [भिडियाेसहित]

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

गायक तथा संगीतकार सरोज हुसेनको मनले 'खोज्छ' बोलको गीत सार्वजनिक भएको छ । उनको गीत आइतबार बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक भएको हो । 

निराजन चौधरीको शब्द संयोजनमा रहेको गीतको भिडियोमा अस्मिता बुढाथोकी र राधा मोहन जैसवालको अभिनय रहेको छ । 

गीतको एरेन्जमेन्ट र मिक्सिङ अन्जन श्रेष्ठले गरेका छन् । सियोन श्रेष्ठको निर्देशन रहेको म्यूजिक भिडियोको छाँयांकन प्रकाश खड्काले गरेका छन् । 

एस आर ग्रुप नेपालको प्रोडक्सन रहेको गीतको दृश्य सम्पादन, पोस्ट प्रोडक्सन र सहायक निर्देशनको भूमिका केपी देवकोटाले गरेका छन् । 

चलचित्र भावमा तयार भएको मनले खोज्छ बोलको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको संगीत पारखी गायक सरोज हुसेनले बताएका छन् । 

सुझावित समाचार