सोमबारको प्रदर्शनमा उत्रिन आग्रह गर्दै नेविसंघले निकाल्यो सिठी जुलुस

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

विपक्षी दल कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारका गलत गतिविधिविरुद्ध प्रदर्शनमा उत्रिन आग्रह गर्दै सिठी जुलुस निकालेको छ । कांग्रेसले सोमबार ७७ वटै जिल्लामा सरकारविरोधी प्रदर्शन गर्दै छ । 

नेविसंघले विभिन्न जिल्लामा सिठी जुलुस निकालेर सरकारका गलत गतिविधि रोक्न जनतालाई जागरण गराएको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।  देशभर अपराह्न चार बजे एकसाथ सिठी जुलुस निकालेर सोमबारको कार्यक्रमको प्रचारप्रसार गर्दै जनतालाई सडक प्रदर्शनका लागि आह्वान गरिएको उनले बताए ।

काठमाडौंमा भने त्रि–चन्द्र कलेज परिसरमा नेविसंघका केन्द्रीय सभापति राजीव ढुंगानासहितका विद्यार्थी नेताले सिठी जुलुस निकालेका छन् । ‘संकटको वेलासमेत सत्तामोह मात्रै देखाएको र जनताप्रति उत्तरदायी नभएको, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न नसकेकोलगायत विषयलाई लिएर पार्टीले सोमबार देशभर प्रदर्शन गर्दै छ, त्यसको विरुद्धमा सबैलाई एक भएर सडकमा उत्रिन आग्रह गरेका छौँ,’ भट्टराईले भने ।

सुझावित समाचार