पूर्वसांसद कमानसिंह लामाको निधन, एक साता अघि यस्तो लेखेका थिए स्टाटस

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

पूर्वसांसद तथा दक्षिण कोरियाका पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ । कोरोना संक्रमणबाट पीडित लामाको गयराति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

काभ्रेका कम्युनिष्ट नेता लामा वि.सं. २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए । त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।

उनी  जीवनभरी नेपालको कम्युनिस्ट आन्दोलनमा सामेल  भए ।  लामा पहिचानको आन्दोलनमा समेत उत्तिकै सहभागी भएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए । इमान्दार नेताको रुपमा चिनिने लामा  कोभिड–१९ को संक्रमणबाट बिरामी भई १५ दिनदेखि अस्पतालमा भर्ना भएका थिए । 

उनले निधन हुनुभन्दा एक साता अघि फेसबुकमा श्रीमतीलाई  सम्बोधन गर्दै  यस्तो  स्टाटस लेखेका थिए :

 

आमा नामनै कति मोहक शब्द "आमा " मैले संसारमा सब भन्दा बढी मया गर्ने "आमा" प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो...

Posted by Kaman Singh Lama on Thursday, December 3, 2020

सुझावित समाचार