मोरङको मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी विप्लव नेकपाले लिएको छ । विप्लव नेकपा मेची कोसी ब्युरोले विज्ञप्ति जारी गरेर हत्याको जिम्मेवारी लिएको हो । विगतमा जस्तै सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको विज्ञप्तिमा दाबी गरिएको छ ।
