नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पार्टीका अध्यक्ष केपी ओलीले आफू अनुपस्थित हुनुको कारण लिखित पत्रबाट जानकारी दिएका छन् ।
अध्यक्ष ओलीले आफू अनुपस्थित हुनुको कारणबारे पत्र पठाएर बैठकलाई जानकारी दिएका छन् ।
पत्रमा अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै पत्रमा आफू पूर्ववत् अडानमा कायम रहेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा राखेको प्रस्तावउपर छलफल गर्न नसकिने जनाएका छन् ।
अध्यक्ष ओलीले पठाएको पत्र आजको स्थायी कमिटी बैठकको सुरुमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पढेर सुनाएका थिए ।
त्यसपछि कार्यकारी अध्यक्ष दाहालले अध्यक्षता गर्दै बैठक अघि बढाएका थिए ।