अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको मोर्डना भ्याक्सिन इमर्जेन्सी रूपमा प्रयोगमा ल्याउन अनुमति दिएको छ । मोर्डना भ्याक्सिन ९४.५ प्रतिशत प्रभावकारी देखिएको उत्पादक कम्पनीले दाबी गरेको छ ।
सोमबार एफडिएले ‘एप्रुभल’ गरेसँगै आगामी २१ डिसेम्बरबाट अमेरिकामा भ्याक्सिन प्रयोगमा ल्याउने कम्पनीले बताएको छ । विश्वमै कोरोना संक्रमण र मृत्युदर अमेरिकामा सबैभन्दा बढी छ । भ्याक्सिन प्रयोगमा ल्याइने विषयले आशा जगाएको छ । संक्रमण र मृत्युदर बढिरहेका स्थानमा भ्याक्सिन प्रयोगमा प्राथमिकता दिइने बताइएको छ ।
मोर्डनाले ३० हजार व्यक्तिमा सफल ट्रायल परीक्षण गरिसकेको छ, जुन संक्रमणविरुद्ध खोप प्रयोगमा ल्याउन निर्धारित वैज्ञानिक मापदण्ड हो । मोर्डनाले १६ नोभेम्बरमा भ्याक्सिन ९४.५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको थियो, जुन ट्रायल परीक्षणको अन्तिम नतिजाले समेत पुष्टि गरेको छ ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजअन्तर्गतको भ्याक्सिन रिसर्च सेन्टरले मोर्डनाको खोपमाथि गरेको अध्ययनअनुसार गम्भीर खालका बिरामीमा पनि भ्याक्सिन सय प्रतिशत प्रभावकारी देखिएको छ । भ्याक्सिन उत्पादक कम्पनीले डिसेम्बरको अन्तिमसम्म २० मिलियन डोज खोप उत्पादन गर्ने बताएको छ ।
साथै, सन् २०२१ सम्म मोर्डनाले पाँच सय करोड डोज भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ । मोर्डना खोप प्रत्येक व्यक्तिमा दुई डोज आवश्यक हुन्छ, अर्थात् डिसेम्बरको अन्तिमसम्म १० मिलियन व्यक्तिलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिइनेछ ।
बेलायतद्वारा फाइजर भ्याक्सिन अनुमोदन
बेलायतले फाइजर बायोएनटेक कोभिडविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । अर्को साताको सुरुदेखि फाइजर प्रयोगमा ल्याउने गरी बेलायतले खोपलाई अनुमोदन गरेको हो । फाइजरलाई प्रयोग गर्न अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ ।
विश्वमा महामारी निम्त्याएको असामान्य अवस्था, लगभग १५ लाख मानिसको मृत्यु र विश्व अर्थतन्त्रलाई पुनः सामान्य अवस्थामा फर्काउन महत्वपूर्ण वस्तुको रूपमा यो खोपलाई हेरिएको छ । बेलायत सरकारले बुधबार मेडिसिन्स एन्ड हेल्थकियर प्रोडक्ट रेगुलेटरी एजेन्सीमार्फत खोप प्रयोगका लागि अनुमति दिएको जनाएको छ ।
भ्याक्सिन अर्को सातादेखि बेलायतका विभिन्न ठाउँमा उत्पादन गरिनेछ । खोप उत्पादन समितिले प्रारम्भिक प्रयोगका लागि फ्रन्टलाइनमा काम गरिरहेका व्यक्तिहरूलाई प्राथमिकता दिने बताएको छ ।
एजेन्सीको सहयोगमा