छोरीलाई यौन दुर्व्यवहारको अभियोगमा बाबुलाई कैद

मंगलबार, १६ मंसिर, २०७७
डिजिटल संस्करण

छोरीलाई दुर्व्यवहार गरेको अभियोगमा पर्वतको विहादी गाउँपालिकाका ५५ वर्षीय बाबुलाई डेढ वर्ष कैद सजाय भएको छ । आइतबार जिल्ला अदालतले एक वर्ष ६ महिना कैद र १० हजार रुपैँया जरिवानाको फैसला गरेको छ । 

उनले ३ माघ, ०७६ मा छोरीलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रहरीले गत ७ माघमा पक्राउ गरेको थियो ।

गत २९ माघमा जिल्ला अदालतले पुर्पक्षका लागि दुई लाख धरौटी मागेको थियो । तर, उनले बुझाउन नसक्दा जेल परेका थिए । उनी जिल्ला कारागारमै छन् । 

सुझावित समाचार