रियलमीले आफ्नो नयाँ उत्पादन रियलमी ७ र ७आई बजारमा ल्याएको छ । कम्पनीले तीव्र तस्बिर खिच्न र छिटो चार्ज गर्न सक्षम गर्न यी स्मार्ट फोन बजारमा ल्याएको हो । यी फोनमा रहेको ९० हर्ट्जको अल्ट्रा स्मुथ डिस्प्ले, डार्ट चार्जिङ, ५ हजार एमएएच ठूलो ब्याट्री, शक्तिशाली प्रोसेसर र ६४ एमपी क्वाड क्यामेराले यसलाई अलराउन्डर बनाउने कम्पनीले जनाएको छ ।
रियलमी ७ : यो स्मार्ट फोनमा सोनी ६४ एमपी वाइड–एंगल क्वाड क्यामेरा प्रयोग गरेको जनाइएको छ । ६४ एमपी प्राइमरी क्यामेरा सोनी आइएमएक्स ६८२, एफ–१.८ अपर्चर र १–१.७३ इन्चको उद्योग–अग्रणी आकारको हुने र यसले ६४ एमपी मोडका साथ ६९४४ गुणा ९२४८ को उच्च रिजोलुसन फोटो खिच्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, यसमा रहेको ३० वाट डार्ट चार्जरले ५ हजार एमएएचको ब्याट्री २६ मिनेटमै ५० प्रतिशत चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । ८ जिबी र्याम र १२८ जिबी स्टोरेज रहेको छ । फिंगरप्रिन्ट पहिचान एकीकृत गर्दै साइड–फिंगरप्रिन्ट सेन्सर रहेको यसको मूल्य ३५ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।
रियलमी ७आई : रियलमी ७आईमा स्न्याप ड्रैगन ६६२ सिपियू र एड्रेनो ६१० जिपियूमा क्रायो २६० संरचना रहेको जनाइएको छ । एलपिडिडिआर४एक्स र युएफएस २.१ को संयोजनका साथ यसमा ८ जिबी र्याम र १२८ जिबी स्टोरेज रहेको छ । यसमा नयाँँ फ्लगसिप, अल्ट्रा–क्लियर क्वाड–क्यामेरा सेट–अप रहेको जनाइएको छ ।
जसले ८ एमपी ११९ डिग्री अल्ट्रा–वाइड एंगल, ६४ एमपी मुख्य क्यामेरा, २ एमपी पाट्र्रेट लेन्स र २ एमपी म्याक्रो लेन्स रहेको कम्पनीले जनाएको छ । ३० मिनेटमै ३३ प्रतिशत चार्ज गर्न सक्ने १८ वाटको चार्जरसहितको यो फोनमा पनि ५ हजार एमएएच ब्याट्री रहेको कम्पनीले जनाएको छ । यसको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।