१९७४ एडीको नयाँ गीतमा द चेनस्मोकर्सको संगीत

आइतबार, ७ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालको चर्चित सांगीतिक ब्यान्ड १९७४ एडीले नयाँ गीत ‘साथीभाइ..’ सार्वजनिक गरेको छ । गीतमा ‘द चेनस्मोकर्स’को हिट गीत ‘होप..’ को संगीत प्रयोग गरिएको छ । जुन गीत हालसम्म एक अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘सिकबोई’ एल्बममा समावेश छ । ‘साथीभाइ..’ गीतको नयाँ ट्रयाक युट्युबमा उपलब्ध छ ।

नेपालका संगीतप्रेमीहरूले ‘ह्यासट्याग ज्वाइनदिबिट’को साथमा सामाजिक सञ्जालमा भएको नयाँ एआर फिल्टर प्रयोग गरी १९७४ एडीको नयाँ ट्रयाकको मजा लिएको भिडियो अपलोड गर्न सकिने बताइएको छ । यो वर्षको टुबोर्ग ओपन अभियानको नयाँ रिलिज गीतहरूमध्ये ‘साथीभाइ...’ पनि एक हो । ‘द चेनस्मोकर्स’ र १९७४ एडी टुबोर्ग ओपनको सांगीतिक अभियानमा सहभागी हुँदै छन् ।

विश्वमै चर्चित सांगीतिक ब्यान्ड ‘द चेनस्मोकर्स’सँग सहकार्य गर्न पाउनु आफ्ना लागि रमाइलो अनुभव भएको १९७४ एडी ब्यान्डले जनाएको छ । ‘यो सहकार्यका लागि काम गर्नु हाम्रो लागि निकै रमाइलो अनुभव भयो ।

महामारी र विशेष परिस्थितिको वातावरणमा हामीले पहिलोपटक यसरी कुनै गीतमा काम गर्यौँ । यो अनुभव एकैसाथ रमाइलो र चुनौतीपूर्ण थियो । यस गीतमा सकारात्मकता र एकताको सन्देश निकै रमाइलो शैलीमा पेस गरिएको छ । दर्शकहरूले यो गीत मन पराउनुहुनेछ भन्ने आशा गर्छौं,’ १९७४ एडीका एड्रियन प्रधानले भने । 

द चेनस्मोकर्सका एलेक्स पालले १९७४ एडीसँग सहकार्य गर्न उत्सुक रहेको बताए । ‘त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्न पाउने थाहा पाउँदा हामी निकै उत्सुक छौँ । यस प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो ।

टुबोेर्गले विश्वको दुई कुनामा रहेका कलाकारलाई जोड्न सफल बनाइरहेको छ नत्र भने हामी दुवैलाई एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो । मलाई लाग्छ कि यो निकै राम्रो कुरा हो र नयाँ गीतका लागि निकै उत्सुक छु ।’

सुझावित समाचार