उपमेयरसहित कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको सेवा बन्द

शुक्रबार, ५ मंसिर, २०७७
डिजिटल संस्करण

पोखरा महानगरपालिकाले अत्यावश्यकबाहेक कार्यालयबाट प्रदान गर्ने सेवा बन्द गरेको छ । 

उपमेयर मञ्जुदेवी गुरुङ र केही कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि अत्यावश्यकबाहेकका सेवाहरू बन्द गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए । 

उनका अनुसार आइतबारदेखि सीमित कर्मचारीले अत्यावश्यक सेवा दिने गरी अन्य सेवा बन्द गर्ने महानगरपालिका कार्यपालिका बोर्डले निर्णय गरेको हो । शुक्रबार भने छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

अधिकांश शाखा र महाशाखाका कर्मचारी कोरोना संक्रमित वा संक्रमितको ट्रेसिङमा परेका कारण बिदा गर्ने निर्णय भएको प्रशासकीय अधिकृत बरालको भनाइ छ । 

सेवाग्राहीको सुरक्षालाई पनि ध्यान राखेर बोर्ड बैठकले यस्तो निर्णय लिएको उनले बताए । 

उपमेयर गुरुङलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । 

महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार बोर्ड बैठक बसेको थियो । 

सुझावित समाचार