सल्यानमा गुडिरहेको बसबाट खसेर एकजनाको ज्यान गएको छ ।
जिल्लाको बाँफुखोलाबाट दाङका लागि छुटेको ना.५ख १००१ नम्बरको यात्रुबाहक बसबाट खसेर बागचौर नगरपालिका– ११ बाँफुखोलानिवासी २१ वर्षीय एकराज खड्काको ज्यान गएको प्रहरीले जनाएको छ ।
गुडिरहेको बसको ढोकाबाट एक्कासि लडेर घाइते भएपछि यात्रुहरूले खड्कालाई बागचौरमा रहेको जनप्रिय पोलिक्लिनिकमा प्राथमिक उपचार गराएर थप उपचारका लागि जिल्ला अपस्ताल सल्यान ल्याएका थिए ।
उनकाे बुधबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल सल्यानले जनाएकाे छ । हाल घटनाबारे अनुसन्धान भइरहेको र बससहित चालकलाई इलाका प्रहरी कार्यालय थारमारेमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए ।