हङकङबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स

बुधबार, ३ मंसिर, २०७७
डिजिटल संस्करण

इसेवा मनी ट्रान्सफर र हङकङको रेमिट्यान्स कम्पनी केएमई रेमिट्यान्सबीच रेमिट्यान्स सेवा सुरु भएको छ । सेवा सुरु भएपछि हङकङमा रहेका नेपालीहरूले केएमई रेमिट्यान्सबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सकिने व्यवस्था भएको हो । 

नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै इसेवा मनी ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एपमार्फत पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुने जनाइएको छ । केएमई रेमिट्यान्सले छिट्टै नै इसेवा मनी ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एपमार्पmत पनि सुरु गर्ने जनाएको छ । 

सुझावित समाचार