एसियाली विकास बैंक (एडिबी)ले आफ्ना सदस्य विकासशील देशमा कोरोना भाइरसविरुद्धको खोप वितरण गर्नका लागि २.०३ करोड डलर दिने भएको छ । एडिबीले आफ्ना सदस्य सबै राष्ट्रमा समान, सहज र प्रभावकारी रूपमा खोप उपलब्ध गराउन मद्दत पुग्ने गरी सो रकम उपलब्ध गराएको हो ।
यो रकमबाट एडिबीका विकासशील सदस्य राष्ट्रहरूका स्वास्थ्य प्रणालीको मूल्यांकन र यहाँका बासिन्दासम्म सुरक्षित तवरले खोप पुऱ्याउन मद्दत पुग्नेछ । एडिबीका महानिर्देशक वुचांग उमले भने, ‘एसिया र प्रशान्त क्षेत्रले धेरै हदसम्म कोभिड– १९ नियन्त्रणमा राम्रो काम गरेका छन् । अब यसको खोप सुरक्षित, दक्ष र समान तरिकाले उपलब्ध गराउन लाग्नुपर्नेछ ।’ यो कार्यका लागि बैंकले सहयोग गर्ने उनले बताए ।