तीन लाख ८७ हजार नगदसहित जुवाको खालबाट १२ जना पक्राउ

सोमबार, १ मंसिर, २०७७
डिजिटल संस्करण

पश्चिम नवलपरासीमा प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको छ ।

बर्दघाट नगरपालिका– २ चिसापानीमा रहेको ध्रुवभण्डारीले सञ्चालन गरेको रोयल कटेज होटेलबाट प्रहरीले होटेल सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीले उनीहरूको साथबाट तीन लाख ८७ हजार नाै सय ६५ रुपैयाँ नगद, चार बुक तास बरामद गरेको जनाएको छ ।  

पक्राउ परेका सबैलाई अनुसन्धान थाली कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

सुझावित समाचार