प्रस्तावित तीन राजदूत अनुमोदित

बिहिबार, २७ कार्तिक, २०७७
डिजिटल संस्करण

अमेरिकाका लागि युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मा राजदूतमा अनुमोदन भएका छन् ।

संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रस्तावित राजदूत तीनजनालाई नै अनुमोदन गरेको हो।

समिति बैठकमा सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्णले उनीहरूलाई राजदूतमा अनुमोदन गरेको जानकारी दिएका थिए।

गत असोज १५ गतेको मन्त्रिपरिषद् बैठकले खतिवडा, रेग्मी र विश्वकर्मालाई राजदूतमा सिफारिस गरेको थियो।

समितिको आज बसेको बैठकमा प्रस्तावित तीन राजदूतले आफ्नो योजना प्रस्तुत गरेका थिए। त्यस्तै, समिति सदस्यहरूले उनीहरूविरुद्ध परेको उजुरीका साथै विभिन्न विषयमाथि जिज्ञासा राखेका थिए।

सुझावित समाचार