रौतहटमा सीमावर्ती भारतीय बजार आउजाउ खुला गर्न माग राख्दै प्रदर्शन

बिहिबार, २७ कार्तिक, २०७७
डिजिटल संस्करण

चाडबाडका वेला सीमावर्ती भारतीय बजार बैरगनियासँग जाेडिएकाे सीमानाका खोल्नुपर्ने माग गर्दै रौतहट सदरमुकाम गौरमा बिहीबार स्थानीयले प्रदर्शन गरेका छन् । 

करिब एक हजारको संख्यामा रहेका नेपालीले चाडबाडका वेला सीमा नखोलेको भन्दै विरोध गरेका हुन् । भारतले सीमा खोले पनि नेपालले सीमा नखोल्दा किनमेलका लागि चोरबाटो आउजाउ गर्नुपरेको उनीहरू गुनासो थियो ।

चोरबाटोबाट आउजाउ गर्दा भारतीय सुरक्षाकर्मीले मूल नाकाबाट आउनु भन्दै रोक्ने गरेकाले बाध्य भएर विरोधमा उत्रेको स्थानीय मुन्ना तिवारीले बताए ।

आसन्न चाड तिहार र छठ पर्वका लागि किनमेल गर्न नेपालीहरू सीमावर्ती भारतीय बजार जाने गर्छन् । तर, चाडबाडकै वेला नाका बन्द हुँदा आवश्यक सामान नपाउने अवस्था भएकाले प्रशासनको ध्यानाकर्षण गर्न प्रदर्शन गरिएको स्थानीय जगरनाथ साहले बताए ।

सुझावित समाचार