कलंकीमा ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, दुई घाइते

बिहिबार, २७ कार्तिक, २०७७
डिजिटल संस्करण

काठमाडौंकाे कलंकीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मकालु पेट्रोल पम्पअगाडि रोकिराखेको बा.३ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सीतापाइलातर्फ जाँदै गरेको बा.५ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।     

दुर्घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएकाे थियाे । उनीहरूकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।

पोखरेलका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक सहचालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
 

See More On

सुझावित समाचार