ताप्लेजुङमा १० वर्षीया बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको अभियोग लागेका पुरुषलाई जिल्ला अदालतले १९ वर्ष जेल सजायको फैसला सुनाएको छ ।
भारत पश्चिम बंगाल घर भई सिरिजंघा गाउँपालिका– ८ याम्फुदिन बस्ने दोर्जे टिएसए भोटियालाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्षको जेल सजाय हुने फैसला सुनाएको हो ।
जिल्ला अदालतका स्रेस्तेदार रितु राईका अनुसार पीडित बालिकाको बयानका आधार तथा पीडाको अवस्था र घटनाको आधारमा अदालतले कैदको फैसला गरेको हो ।
जबर्जस्ती करणी कसुर सजाय निर्धारण मापदण्ड २०७५ को भाग (१) मा यस्तो प्रकृतिको घटनामा दोषी ठहरे १८ देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था रहेको छ ।
०७६ साल माघ ५ गते भएको सो घटनासम्बन्धी मुद्दाले फागुन १८ गते ताप्लेजुङ जिल्ला अदालतमा प्रवेश पाएको थियो ।
दोर्जेमाथि स्थानीय १० वर्षीया बालिकालाई अप्राकृतिक र जबर्जस्त ढंगले यौन क्रियामा संलग्न हुन बाध्य पारेको अभियोग लागेको थियो ।
पीडित बालिकाका आफन्तले दिएको जाहेरी र बालिकाको बयानमा ती बालिकलाई मुख मैथुन गर्न लगाएकोजस्ता अमानवीय र अप्राकृतिक दोषसमेत दोर्जेमाथि लागेको थिए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले घटनाका दोषी यसअघि नै कारागार चलान भइसकेको जानकारी दिए ।